प्रहरी कार्यालय
लमजुङ बेशीशहर न.पा.२ चिसापानी गैरी गाँउ स्थित नरवाल बस्ने वर्ष ५० को कालु सुनार मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गा.पा.१ खिङ्गा स्थित मुक्तिनाथ जोमसोम सडक खण्डको सिचाई कुलोमा जिल्ला बागलुङ गल्कोट न.पा.३ बोहोराफाट बस्ने बर्ष ३३ को गोरख बहादुर बोहरा टाउको पानीमा डुबेको र शरिर पानी बाहिर रहेको अबस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कास्की पोखरा १४ नविनटोल स्थित नहरमा हाल नामथर वतन नखुलेको वर्ष अन्दाजी ४५ को पुरुष व्यक्ति नहरकुलोमा मृत अवस्थामा मृत अबस्थामा छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला गोरखा, गोरखा न.पा.१३ भुमिटार बस्ने दिपेन्द्र बि.क. घर देखि ५०० मि. टाढा भैसिको गोठमा काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गोरखा आरुघाट गा.पा. ६ कुडुले बस्ने याम ब.अधिकारीको छोरा वर्ष २६ को कुमार अधिकारी घरको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।
स्याङजा वालिङ न.पा.१ घर भई हाल भिरकोट न.पा.१ बयरघारी बजारमा डेरा गरी बस्ने वर्ष १९ को आशिष एसके आफ्नै कोठाको फलामको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
तनहुँ ब्यास न.पा.५ सिर्दी स्थित पृथ्वि राजमार्गमा काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको ग १ ख ९६३५ नं. को बस अनियन्त्रित भई सडकबाट दाँया ५० मिटर तल खसेको छ भन्ने खबर प्राप्त हुना साथ तत्काल प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागि दमौली पठाएको ।